पोर्न इन्डस्ट्रीमा शिल्पाका श्रीमानको १० करोडको लगानी



बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई सोमवार साँझ मुम्बई क्राइम ब्राञ्चले पक्राउ गरेको छ । अश्लील (पोर्न) चलचित्र बनाएको र केही एप्समा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । मुम्बई पुलिस ककामिश्नर हेमन्त नागरालेको अनुसार, राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला गरेको छ । प्रहरीले उनीसहित ११ जनालाई पक्राउ गरेको छ ।

क्राइम ब्राञ्चका अनुसार, राजको विरुद्ध गत फेब्रअरीमा मुद्धा दर्ता भएको थियो । उनले पोर्न इन्डस्ट्रीमा ८ देखि १० करोडको लगानी गरेका छन् । भारतको साइबर कानुनबाट बच्न राज र उनका ब्रिटेनमा बस्ने भाईले ब्रिटेनमैमा एक कम्पनी दर्ता गरे । पोर्न चलचित्र भारतमा छायांकन गरेर अनलाइनको माध्यमबाट विदेशका एप्सहरुमा पठाइने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

मुम्बई पुलिसले फेब्रअरीमा अभिनेत्री गहना वशिष्ठसहित ६ जनालाई पक्राउ गरेको थियो । पछि अरु तीन व्यक्ति पक्राउ परे । यसपछि एफआइआर दर्ता भयो । अभिनेत्रीलाई पोर्न चलचित्रका लागि न्यूड सीन सुट गर्न बाध्य पारिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा पोर्न चलचित्रलाई पेड मोबाइल एप्लिकेशनमा सार्वजनिक गरिएको पनि खुलेको थियो ।

यसपछि प्रहरीले यो मामलामा जोडिएका एक व्यक्ति उमेश कामतलाई पक्राउ गर्‍यो । त्यसपछि प्रहरीलाई पोर्न चलचित्रको यो र्‍याकेटमा राज कुन्द्राको सम्बन्ध रहेको प्रमाण भेट्यो । यदी अदालतले दोषी ठहर गरेको खण्डमा राजलाई भारु दश लाख रुपैयाँ जरिवाना र पाँच बर्ष जेल सजाय हुनेछ । हिरोको कारोबार गरेर राजले भारु २८०० करोडको सम्पत्ति जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu