धर्मिली रेखाको शिवरात्री मोह | कसरी बन्दैछिन् हिम्मतवाली ?



[dropcap]ना[/dropcap]यिका रेखा थापा धर्म कर्ममा विश्वास गर्ने नायिकामा गनिन्छिन् । गत बर्षको शिवरात्रीको दिन चलचित्र विकास वोर्डका अध्यक्ष धर्बेन्द्र मरबैता ‘पप्पु’सँग कुम जोडाएर ‘गाँजा’ तानेर चर्चामा आएकी रेखाले यो पटक भने आप्नै लगानीमा निर्माण हुन लागेको चलचित्र ‘हिम्मतवाली’को छायांकन सुरु गरेकी छिन् । रेखाले विहिवार शिवरात्रीको नै अवसर पारेर पश्चिम नेपालको महेन्द्रनगरस्थित पिप्लाठीमा यो चलचित्रको पहिलो दृश्य क्यामेरामा कैद गराईन् ।

himmatwali
रेखाको ‘हिम्मतवाली’लाई लंका निर्देशक श्याम भट्टराईले निर्देशन गर्दैछन् । निर्माता छविराज ओझासँगको सम्बन्ध बिच्छेदपछि आफ्नो लगानीमा बनेको चलचित्र ‘काली’को सफलतासँगै रेखाले हिम्मतवाली निर्माणको उद्घोष केहि महिना अघी नै गरेकी थिईन् । चलचित्रमा रेखा एक निडर र साहसी नारी पात्रको रुपमा देखिने बताईएको छ । तर रेखा बाहेकका को-को कलाकार यो चलचित्रमा देखिंदै छन भन्ने भने जानकारी गराईएको छैन ।

चलचित्र ‘हिम्मतवाली’लाई रामशरण उप्रेतीले खिच्दैछन् । द्वन्द्व चन्द्र पन्तको रहने छ । यो चलचित्रमा संगीत बसन्त सापकोटा र टंक बुढाथोकीले भर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu