‘नोभेम्वर रेन’लाई सोलो रिलिज दिन नेफ्टाको आग्रह



november-rain-solo-releasee

सुवास ईन्टरटेन्मेन्टको व्यानर तथा नायक आर्यन सिग्देलको समेत लगानीमा तयार चलचित्र ‘नोभेम्वर रेन’लाई एकल प्रदर्शनको वातावरण मिलाउन चलचित्र प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघ ‘नेफ्टा’ले आग्रह गरेको छ । शुक्रवार एक विज्ञप्ती प्रकाशित गरेर ‘नेफ्टा’ले यस्तो आग्रह गरेको हो ।

आगामी चैत्र१४ बाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई सोलो रिलिजको लागी छुट दिनको लागी प्राविधिक संघले चलचित्र क्षेत्रसंग सम्बन्धित संघसंस्था तथा वितरकलाई अनुरोध गरेको हो ।

केहि समय अगाडी नेफ्टाको आयोजनामा मलेशियामा सम्पन्न ‘नेफ्टा अवार्ड’मा नोभेम्वर रेन निर्माता सुवास गिरीले प्रायोजन गर्दै अवार्डलाई सफल बनाउनमा महत्वपूर्ण भुमिका खेलेकोमा नेफ्टाले गुन तिर्ने बहानामा यो विज्ञप्ती निकालेको बिश्लेषण गरिएको छ ।

यो चलचित्रमा आर्यन सिग्देलसँगै नम्रता श्रेष्ठ र छुल्ठीम गुरुङ मुख्य भूमिकामा छन् भने चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् । चैत्र १४ मा ‘नोभेम्वर रेन’ संगै अर्को चलचित्र ‘झेली’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu