आभासको संगीत शुभारम्भ | सुनिललाई बढ्दैछ चुनौती



aavash-music-start1

[dropcap]च[/dropcap]लचित्र सम्पादकको सुचीमा अग्र पंक्तिमा रहँदै आएका सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘आभास’को संगीत कार्य शूभारम्भ भएको छ। शुक्रवारबाट कम्पोजर गोपाल रसाइली तथा संगीतकार प्रकाश नेपाली संगीत श्रृजनामा तल्लिन छन्।

ग्लोसी पिक्चर र क्रियटिभ फिल्मस् प्रडक्शनसँग सहकार्य गर्दै दुर्गिश थापाको प्रस्तुतीमा बन्न लागेको ‘आभास’मा एउटा गीतमा मात्रै प्रकाश नेपालीको संगीत रहनेछ। अन्य संगीतकार छनौटको चरणमा छन्। गायक-गायिकाको पनि टुंगो लागिसकेको छैन। संगीत पक्षले चलचित्रलाई सुन्दर बनाउँछ भन्ने बुझेका निर्माता-निर्देशक भएकोले संगीतलाई बढि मेहनत गरिने बताईएको छ।

aavash-music-start2
‘आभास’लाई सुनिल र गोबिन्द शाहिले लगानी गर्दैछन्। यतिबेला ‘आभास’को लागि मुख्य कलाकारहरुको खोजी भईरहेको छ। नायक-नायिका लगाएतका अन्य कलाकारको छनौटका लागी हाल आवेदन लिने काम भईरहेको जनाईएको छ, जसको लागि आफुले कलामा केहि गर्न सक्छु र आफुमा खुवी छ भन्ने ठान्नेले [email protected] मा इमेल गर्न सकिने छ। जसमा चार प्रति फरक स्टाईलका तस्विर, बायोडाटा साथै टेलिफोन नंबर समेत उल्लेख गर्नुपर्ने बताईएको छ।

सुनिलले यसअघि ‘सायद’ र ‘होस्टेल’ जस्ता सुपरहिट चलचित्र बनाईसकेका छन्। यसअर्थमा सुनिललाई ‘आभास’को ठुलै चुनौती छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu