शाहिदले ३५ करोड मागेपछि अक्षयलाई ‘सुरराई पोट्टरु’ को रिमेकको अफर



सुपरस्टार सूर्या अभिनीत तमिलको ब्लकबस्टर चलचित्र ‘सुरराई पोट्टरु’ को हिन्दी रिमेक निर्माण हुने भएको छ । यो चलचित्रको हिन्दी रिमेकको घोषणा भएसँगै विभिन्न कलाकारको नाम चर्चामा छ । निर्माण टिमले सबैभन्दा पहिला चलचित्रको मुख्य नायकमा शाहिद कपूरलाई अप्रोच गरेको थियो । तर, अब यो चलचित्रमा अक्षय कुमारले अभिनय गर्ने सम्भावना बढेर गएको छ ।

चलचित्रको हिन्दी रिमेक शाहिद हुँदै अक्षय कुमारसम्म कसरी पुग्यो ? यसको प्रमुख कारण शाहिदले मोटो पारिश्रमिक डिमान्ड गर्नु रहेको बताइएको छ । सूर्या र गुनीत मोंगाले यो चलचित्रको हिन्दी रिमेक निर्माण गर्दैछन्, जसका लागि शाहिदलाई सबैभन्दा पहिला प्रस्ताव गरिएको थियो । तर, उनले महंगो पारिश्रमिक डिमान्ड गरे । उनले ३५ करोड पारिश्रमिक माग गरेको बताइएको छ ।

शाहिदले ठूलो पारिश्रमिक डिमान्ड गरेपछि निर्माताले अक्षय कुमारलाई चलचित्र अफर गरेका हुन् । उनी चलचित्रमा काम गर्नका लागि सकारात्मक देखिएका छन् । तर, तत्काल उनीसँग डेट्स नभएकाले चलचित्रको छायांकनमा ढिलाइ हुने देखिन्छ । ‘कबीर सिंह’ को सफलतापछि शाहिदले आफ्नो पारिश्रमिक दोब्बर बढाएका छन् । यसअघि उनले १५र२० करोडमा फिल्ममा काम गर्थे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu