सुनिल तेश्रो फिल्ममा डेनीश कलाकार | अशोकका छोराको डेब्यू



ankit-sharma

दुर्गिस फिल्मसको तेस्रो प्रस्तुति ‘लभ नम्बर’मा डेनिश कलाकारलाई अनुवन्ध गरिएको छ । सुनिल रावलको होम प्रोडक्सनमा सुरज भुषालको निर्देशनमा बन्ने चलचित्रमा डेनिश नायिका एन्नेमेटे बोए, नायक म्याक्स एंकर र हास्यकलाकार एलेन नियल्सेन अनुबन्ध गरिएको हो।  साथै कलाकार तथा निर्माता अशोक शर्माका छोरा अंकित शर्माले यसै चलचित्रबाट डेब्यू गर्दैछन् त्यस्तै संयम पुरी र गौरव पहाडी पनि यो चलचित्रका मुख्य कलाकारहरु हुन्।

love-number-1
त्यस्तै, डेनमार्कवासी सन्तकुमार थापा मगरलाई कोरियोग्राफीका लागि अनुबन्ध गरिएको छ । एन्नेमेटे त्यहाँको रंगमञ्च र सर्ट फिल्ममा काम गरिरहेकी छिन् भने कलाकारिता विषयमैँ उच्च शिक्षा अध्ययन गरिरहेकी छिन् । त्यस्तै म्याक्स पनि कलाकारिताका विद्यार्थी हुन् भने एलेन त्यहाँका संस्कृतिकर्मी हुन् ।
शुक्रवार डेनमार्कको कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिनुको साथै चलचित्रमा साइन गराइएको थियो ।

love-number-2
गत डिसेम्बर महिनामा सुनिल रावल युरोप भ्रमण रहेका बेला उनको फिल्म निर्माता कम्पनी दुर्गिश फिल्मस् र पूर्ण बन्धन संस्थापक अध्यक्ष रहेको डेनमार्कस्थीत ‘नेपाली सडक महोत्सव प्रतिष्ठान’बीच सुदूरपश्चिममा ‘छोराछोरीको घर’ नामक बालगृह स्थापना गरी परोपकारका क्षेत्रमा समेत साझेदारी हुने गरी एक सम्झौता भएको थियो । उक्त सम्झौतामा, दूर्गिस फिल्मसको तेस्रो फिल्मको छायांकनको केही खण्ड डेनमार्कमा गरिने र त्यसका लागि नेपाली सडक महोत्सव प्रतिष्ठानले सम्पूर्ण व्यवस्था मिलाउने कुरा उल्लेख छ ।

love-number-3
मुलत: युवापुस्ताको प्रेम कथालाई समेटेर निर्माण हुन् लागेको यो चलचित्र २०७१ भाद्र महिनाबाट छायांकनमा जाने बताईएको छ ।

तश्विरः अंकित शर्मा (माथी), तलका अन्य डेनिश कलाकारहरु

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu