हिन्दि चलाउने दर्शना आर्टसले अब नेपाली फिल्म चलाउने



darshana1

[dropcap]ने[/dropcap]पाली चलचित्र उद्योगको पक्षमा नारा लिएर अघी बढ्ने व्याक्ति नै विदेशी चलचित्रको वितरणमा लागेको भन्ने आरोप लागेपछी निर्माता तथा निर्देशक सुरेश दर्पण पोखरेल लगायतको कम्पनि दर्शना आर्ट्सले अब नेपाली चलचित्रको वितरणमा हात हालेको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यहि फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऋतु’को वितरणसंगै औपचारिक रुपमै नेपाली चलचित्रको वितरणको काम सुरु गर्न लागिएको घोषणा गरियो ।

ऋतुबाट वितरण सुरु गर्न लागको दर्शना आर्टसले नयां बर्षको आगमनसंगै जेठ महिनाको २ गते प्रदर्शनमा आउने चलचित्र ‘उत्सव, जेठ ९ मा आउने ‘हँसिया’ जेठ २३ मा आउने ‘पुन्टे परेड’ तथा प्रदर्शन मिती तर नभईससकेको चलचित्र ‘वान वे’को पनि वितरणको जिम्मा लिएको निर्देशक सुरेशदर्पणले बताए ।

दर्शनाले राजधानीमा मात्र नेपाली चलचित्रको वितरण गर्नेछ भने मोफसलमा चलचित्र वितरणको लागी प्रदिप उदय ग्रुपको ‘एफडी कम्पनि’लाई दर्शनाले सघाउनेछ । कार्यक्रममा एफ.डी. कम्पनिका अध्यक्ष प्रदीप उदयले संस्थागत रुपमा चलचित्र वितरणका लागी आएकोमा दर्शनालाई स्वागत गर्दै व्यापारमा सम्भावना बोकेका चलचित्रहरु एकै मितिमा नजुधाउन आफू तयार रहेको भन्दै अन्य वितरण संस्थाहरुलाई सहकार्यको लागि आग्रह गरेका थिए।

कार्यक्रममा निर्माता संघ अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी लगायतले दर्शना आर्टसलाई सुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu