‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन



‘बिग बोस–१३’ को विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो । बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए । उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’ मा अभिनय गरेका थिए । तर ‘बालिका बधु’ बाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो ‘बिग बोस १३’ बाहेक उनी ‘झलक दिखलाजा-६’,’ फियर फ्याक्टर : खत्रोंका खिलाडी ७’ मा पनि सहभागी भएका थिए ।

उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनका एक आमा र दुई दिदी बहिनी छन् । उनले सन् २०१४ मा ‘ हम्टी शर्माकी दुल्हनियाँ’ मा साहयक अभिनेताको भूमिका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu