पहिलोपटक यसरी डाली चुमेकी थिइन् प्रियांकाले | भिडियो



mero-best-frnd-video-song

[dropcap]बै[/dropcap]शाखमा रिलिज लक्षित गरिएको नेपाली चलचित्र ‘मेरो बेस्ट फ्रेण्ड’को ‘म पंछि हुँ …’ बोलको भिडियो गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा मिलन अमात्यको स्वर तथा राजनराज सिवाकोटीजको संगीत रहेको छ। रचना हरिहर आचार्य र भुपेन्द्र खड्काको रहेको छ। सार्वजनिक गीतमा प्रियंका कार्की संगै रेश मरहठ्ठा र दिवस उप्रेतीलाई देख्न सकिन्छ। यी तीनै जना यो चलचित्रका मुख्य कलाकार हुन्।

भिनयको हिसावले प्रियंका कार्कीले फष्ट ब्रेक पाएको चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’लाई प्रसन्न पौड्यालले निर्देशन गरेका छन्। चलचित्रमा अच्युत अधिकारीको पटकथा तथा संवाद रहेको छ भने मिलन अमात्यका साथमा सुगम पोखरेल र प्रमोद खरेलको स्वर  र राजनराज शिवाकोटीको संगीत रहेको छ।

यो चलचित्रलाई बिदूर पाण्डेले खिचेका हुन् भने द्वन्द हिमाल केसीको रहेको छ । चलचित्रले प्रसन्नको निर्देशाकिय तारिफ बढाउनेमा उनि ढुक्क रहेको बताउँछन् । तर यसको मुख्य जिम्मेवारी भने दर्शकको हातमा छ ।

Watch the song:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu