‘टाईगर द रियल हिरो’ले के गर्ला सुरजलाई ?



suraj-ranabhat-1

गुपचुपमा नै चलचित्रको छायांकन सकाएका निर्देशक राजु गिरी पछिल्लो चलचित्र ‘टाईगर द रियल हिरो’को पोष्ट प्रोडक्सनमा जुटेका छन् । अहिले यो चलचित्रको राजधानीको पुतलीसडक स्थित ‘बिजीबी ईन्टरटेन्मेन्ट’मा सम्पादनको काम चलिरहेको छ ।

चलचित्रको सम्पादनमा व्यस्त निर्देशक गिरीले करिब २५ प्रतिशत काम सकिएको ठुलोपर्दालाई जानकारी दिए । चलचित्र एक्सन प्रधान जबराको बनेको पनि निर्देशक गिरीको भनाई छ । यो चलचित्रमा नायिका शुभेच्छा थापा सहित सुरज रानाभाट, दिपक कंडेल, अशोक फुयाल, समिक्षा अर्याल, उत्तम केसी लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।

suraj-ranabhat-2

फुटपाथमा अभिनय गरेका नायक दिपकको यो दोस्रो चलचित्र हो, भने यसअघी ‘टाईगर’ नामक चलचित्रमा अभिनय गरेका नायक सुरज पनि यो चलचित्र मार्फत दर्शकमाझ परिचित हुने विश्वासमा छन् । चलचित्रले आफुलाई राम्रो नायकको रुपमा चिनाउने सुरजले ठुलोपर्दालाई बताए ।

चलचित्र ‘टाइगर द रियल हिरो’को कथा निर्देशक गिरीको नै हो । आगामी श्रावण महिनामा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ भने रोशन श्रेष्ठको द्धन्द र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई मुकेश हुमागाईको क्यामेराले खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu