५० हजार धरौटीमा रिहा भए शिल्पाका श्रीमान् राज कुन्द्रा



पोर्नोग्राफी मुद्धामा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई जमानत मिलेको छ । मुम्बई कोर्टले उनको जमानत निवेदनमा निर्णय गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो । विजनेशम्यान कुन्द्रा ५० हजार धरौटी तिरेर ६० दिनपछि जेलबाट छुटेका हुन् । उनले अश्लील (पोर्न) चलचित्र भारतमै बनाएर विदेशको सःशुल्क एपमा रिलिज गरेको आरोप छ ।

प्रहरीले पक्राउ गरेपछि राज कुन्द्राले १८ सेप्टेम्बरमा अदालतमा जमानतका लागि निवेदन दिएका थिए । उनले आफ्नो वकिल प्रशान्त पाटिलको माध्यमबाट दिएको निवेदनमाथि सोमवार सुनवाइ भएको हो । निवेदनमा कुन्द्राले भनेका थिए, ‘मलाई बलिको बोको बनाइयो । केसमा प्रस्तुत गरिएको अरोप पत्रमा कथित आपत्तिजनक चलचित्र बनाउन मेरो हात छ भन्ने कुनै प्रमाण छैन ।’

पोर्नोग्राफी मुद्धामा मुम्बई क्राइम ब्रान्चका अधिकारीले केही समय अगाडि सप्लिमेन्ट्री चार्जसिट अदालतमा दर्ता गरेको थियो । चार्जसिट करीब १४ सय ६७ पान्नाको थियो भने ४३ जना साक्षीको बयान समावेश थियो । तर, उक्त चार्जसिटमा राज कुन्द्राले अश्लिल चलचित्र बनाएर अपलोड गर्ने गरेको प्रमाण नभएको राजका वकिल प्रशान्त पाटिलले भारतीय मिडियासँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu