तिहारमा अक्षयको ‘सूर्यवंशी’



आगामी कात्तिक ५ गतेदेखि भारतको मुम्बइस्थित सिनेमा हलहरु खुल्ने भएका छन् । कोभिड-१९ मा संक्रमण रोकथामका लागि अनिश्चितकालका लागि बन्द गरिएका हल खुलाउने निर्णय भएको मुख्यमन्त्री उद्दव ठाकरेले जनाएका हुन् । हल खुल्ने निर्णयसँगै निर्माण सकिएर बसेका चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माताहरु जुटेका छन् ।

यस्तैमा, शनिवार निर्देशक रोहित सेट्टीले प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । कोरोनाका कारण यो चलचित्रको पटक पटक प्रदर्शन स्थगन भएको थियो । अभिनेता अक्षय कुमार र अभिनेत्री कैटरीना कैफको चलचित्रमा मुख्य भूमिका छ । चलचित्रमा अक्षय प्रहरी अफिसरको भूमिकामा छन् ।

‘सूर्यवंशी’ रोहित सेट्टीको कप सिरिजको चौथो चलचित्र हो । चलचित्रमा अक्षय र कैटरीनासँगै अजय देवगन र रणवीर सिंह पनि देखिँदैछन् । यो चलचित्रको नेपालमा पनि प्रतिक्षा भइरहेको छ । प्रशासन कार्यालयले सिनेमा हल सञ्चालनको अनुमति दिए पनि नयाँ चलचित्र नहुँँदा हल खुल्न सकेका छैनन् । अब यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने चलचित्रकर्मीहरुको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu