‘ट्वेल्भ इयर्स अ स्लेभ’ उत्कृष्ट | ओस्कार अवार्ड



12-years-slave

[dropcap]सो[/dropcap]मवार घोषणा गरिएको यो बर्षको ‘ओस्कार अवार्ड’मा सर्वोत्कृष्ट फिल्मको पुरस्कार ‘ट्वेल्भ इयर्स अ स्लेभ’ले जितेको छ । अमेरिकाको लस एन्जलसस्थित डबली थिएटरमा सम्पन्न अवार्ड कार्यक्रममा नायिका लुपिटा न्योगोले ‘ट्वेल्भ इयर्स अ स्लेभ’ कै लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार हात पारिन्।

‘ड्यालर्स बायर्स क्लब’ मा अभिनय गरेका म्याथ्यु म्याक्कोनोकीले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार हात पार्दा सोही फिल्मबाट जेरड लेटोले सर्वश्रेष्ठ सहअभिनेताको अवार्ड जिते ।

यो बर्षको ओस्कार अवार्डमा ‘ग्रेभिटी’ निर्देशक अलफोन्सो कारोन सर्वश्रेष्ठ निर्देशक घोषित भए । उनको यो चलचित्रले नै थप ५ विधामा पुरस्कार हात पार्यो। भिजुअल इफेक्ट, साउण्ड मिक्सिङ, साउण्ड एडिटिङ, सिनेमाटोग्राफी, फिल्म एडिटिङमा पनि ‌’ग्रेभिटी’ले ओस्कार अवार्ड हात पार्न सफल भएको थियो।

ओरिजिनल स्कोर वर्गमा ग्रेभिटीका स्टीवन प्राइसले पुरस्कार जिते भने गायनमा ‘लेट इट गो’ का गायक गायिका रबर्ट लोपेज र क्रिस्टिना एण्डरसन लोपेजले पुरस्कार हात पारे। इटलीको द ग्रेट ब्युटी उत्कृष्ट विदेशी भाषाको फिल्म बन्न सफल भयो ।

क्याथरिन मार्टिन द ग्रेट गेट्बीको कस्टुम डिजाइन र प्रोडक्सन डिजाइनमा पुरस्कृत भइन्। मेक अप र केश विन्यासमा डेलस बायर्स क्लबले पुरस्कार हात पारेको थियो। बेस्ट डकुमेन्ट्री फिचर फिल्मको पुरस्कार ट्वेन्टी फिट फ्रम स्टारडमले पायो।

ओस्कार अवार्डबारे थप जानकारीको लागि यहाँ थिच्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu