राँगो चढ्ने मिती बैशाख १२ गते | भिडियो



dayahang-kabaddi

कुनै युवतीलाई बिछट्टै मन पराउने युवकले सीमा नै नाघेर गरेको प्रेम र त्यसको बीचमा भाँजो हाल्न सीमा नाघेर आउने सहरीया विवेकबीचको भिडन्तको कहानीलाई मुल विषय बनाएर तयार चलचित्र ‘कबड्डी’ आउँदो बैसाख १२ बाट अलनेपाल रिलिज हुने भएको छ । सोमवार राजधानीमा आयोजित चलचित्रको फर्स्ट लुक ट्रेलर तथा पोस्टर सार्वजनिक कार्यक्रममा चलचित्रको रिलिज मिती पनि घोषणा गरियो ।

यो चलचित्र ‘ब्लयाक हर्स पिक्चर्स प्राली’को ब्यानरमा तयार भएको हो । निश्चल बस्नेत रसुनिल रौनियारले लगानी गरेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन । कबड्डीमा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ, राजन खतिवडा, बिजय बराल, बुद्धि तामाङ, अरुणा कार्की, पशुपति राई, कविता आले लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

कार्यक्रममा फर्स्ट लुक ट्रेलर हेर्दा आएका चलचित्र भित्र समेटिएका केहि संवादहरुले सहभागीहरुलाई हास्न बाध्य बनाएका थिए । ट्रेलरबाट नै चलचित्रले स्पष्टरुपमा नेपालीपनालाई समेटेको भन्दै सहभागी धेरै चलचित्रकर्मीले चलचित्रलाई संभावना बोकेको चलचित्रको दर्जा दिएका थिए ।

पुरुषोत्तम प्रधानले खिचेको यो चलचित्र ‘कबड्डी’मा द्वन्द्व कुमार महर्जनको रहेको छ भने नृत्य निर्देशन गोविन्द राईले गरेका छन । तारा न्यौपाने सहायक निर्देशक तथा सोमनाथ खनाल मुख्य सहायक निर्देशक रहेको यो चलचित्रमा चलचित्रमा संगित आधा सुर ब्याणडको रहेको छ ।

प्रेमजस्तो गंभिर बिषय जोडेर चलचित्र तयार भएको भए पनि चलचित्र मुख्यतः हाँस्यप्रधान चलचित्र भएको निर्माता तथा कलाकार निश्चलले बताए । चलचित्रको कथा पनि निर्देशक गुरुङ को नै हो ।

Watch the trailer:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu