‘उचाइँ’ मा अनुपम र बोमनसँग परमिता



विगत दुई सातादेखि नेपालमा भारतीय चलचित्र ‘उचाइँ’ को छायांकन भइरहेको छ । चलचित्रमा भारतका चर्चित कलाकारहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन लगायतका बलिउड कलाकारहरुको अभिनय छ । अमिताभ भने स्वास्थ्यका कारणले नेपाल आएका छैनन् । उनको भागको छायांकनका लागि ‘बडि डबल’ राखिएको छ ।

यो चलचित्रमा नेपाली कलाकार र प्राविधिकले पनि काम गरिरहेका छन् । अभिनेत्री परमिता आरएल राणाको ‘उचाइँ’ मा विशेष भूमिका छ । परमिताले दिनुहँ चलचित्रको सुटिङ सेटबाट बलिउडका कलाकारसँग खिचेको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् । दुई दिन अगाडि आफ्नो इन्स्टाग्राममा अनुपम र बोमनसँँगको एक तस्विर साझेदार गर्दै उनले चलचित्रमा एकसाथ स्क्रिन शेयर गर्न पाएकोमा कृतज्ञ व्यक्त गरेकी छन् ।

सूरज बडजात्याको निर्देशन रहेको यस चलचित्रमा परमितासँँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतका नेपाली कलाकारहरुको पनि अभिनय रहेको छ । मित्रताको कथा भन्ने चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu