डिसेम्बरमा बिहे गर्दै कटरीना र विक्की ?



बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले केही समय यतादेखि बलिउडका मिडिया तातेका छन् । तर, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् । अब यो जोडीले विवाहको तयारी सुरु गरेको खबर भारतीय मिडियामा छ्यापछ्याप्ती भएको छ । उनीहरुले आउँँदो नोभेम्बर या डिसेम्बरमा विवाह बन्धनमा बाँधिने गरी तयारी थालेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार, कटरीना र विक्कीको लागि विवाहको पहिरन चर्चित फेशन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेकी छन् । उनीहरुले कपडाको फ्रेब्रिक छनोट गरिसकेका छन् । कटरीनाले एक रअ सिल्क नम्बरको लेहंगा अर्डर दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुले आउँदो नोभेम्बर र डिसेम्बर बीचमा विवाह गर्ने योजना बनाएका छन् ।

२०१८ बाट विक्की र कटरीनाको अफेयरको खबर आउन सुरु भएको थियो । फेमस च्याट शो ‘कफी विद करण’ को सिजन ६ मा कटरीनाले विक्क्कीसँग पर्दामा आफ्नो जोडी राम्रो देखिने बताएकी थिइन् । आजकल उनीहरु प्रायः सँगै भेटिन्छन् । हालैमात्र उनीहरु चलचित्र ‘सरदार उधम’ को स्क्रिनिङमा पुगेका थिए । ‘उरी’ को सफलतापछि विक्कीको करिअर यतिबेला उत्कर्षमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu