सबैले हेर्न पाउनेगरी आउँदैछिन ‘ऋतु’



Reetu
यही शुक्रवारदेखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऋतु’लाई सेन्सर वोर्डले ‘यु’ सर्टिफिकेट दिएको छ । मंगलवार बिहान चलचित्र हेरिसकेपछी नेपाली चलचित्रको जाँचपास गर्दै आएको वोर्डले यो चलचित्रलाई सबैले हेर्न पाउने गरी ‘युनिभर्सल सर्टिफिकेट’ दिएको हो।

चलचित्रमा समावेश कुनै पनि दृश्यमा आपत्ती नजनाईकिनै सेन्सर वोर्डले ‘ऋतु’लाई ‘यु’ सर्टिफिकेट दिएको निर्माता अपिल बिष्टले ठुलोपर्दा डटकमलाई जानकारी दिए । यो चलचित्रमा पुर्व मिस नेपाल मलिना जोशी र राजवल्लभ कोईराला संगै रिमा बिस्वकर्मा प्रमुख भुमिकामा छन् ।

प्रेममा आउने उतारचढावको कथालाई मुल बिषय बनाएको यो चलचित्रलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा पुर्णतः अष्ट्रेलियाका दृश्यहरु समाबेश छन् । यो चलचित्र शुक्रवारदेखी नेपालसंगै अष्ट्रेलियामा पनि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu