क्यूएफएक्सले ‘सूर्यवंशी’ लाई बाँड्यो सर्वाधिक शोज



भारतमा मात्र होइन, नेपालमा समेत उतिक्कै चासोका साथ हेरिएको चलचित्र हो, ‘सूर्यवंशी’ । कोरोनाले भारत र नेपालको चलचित्र इन्डस्ट्री धरासायी बनेको छ । दुवै देशका हलहरु सञ्चालनमा आए पनि गतिलो चलचित्र नहुँदा हलसम्म दर्शक आउन सकेका थिएनन् । यो चलचित्रले भने हलसम्म दर्शकको भीड तान्ने अपेक्षा गरिएको छ । तिहारको छेको पारेर भोलीबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

‘सूर्यवंशी’ नेपालका सयवटा सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउँदैछ । कोरोना महामारीभन्दा अगाडि कुनै पनि विदेशी चलचित्र नेपालका सयवटा हलमा एकसाथ लागेका थिएनन् । मल्टीप्लेक्सहरुले त यो चलचित्रलाई उच्च शोज दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका १० मेजर स्टेशनमा कूल ५८ शोज प्रदान गरेको छ ।

त्यस्तै, उक्त चलचित्रलाई राजधानीका मल्टीप्लेक्सहरु वान् सिनेमाजले ६ शो, विग मुभिजले ११ शो, कीर्तिपुर सिनेप्लेक्सले ३ शो, एफक्युब सिनेमाजले १२ शो, क्यूज सिनेमाजले ७ शो, आइएनआइ सिनेमाजले ९ शो, विएसआर मुभिजले ७ शो र सिडिसी सिनेमाजले ७ शोज बाँडेको छ । यो चलचित्रलाई वितरक मनोज राठीको समुहले एक करोडभन्दा बढी तिरेर नेपाल ल्याएको हो ।

‘सूर्यवंशी’ निर्देशक रोहित सेट्टीको कप सिरिजको चौथो चलचित्र हो । चलचित्रमा अक्षय कुमार, कैटरीना कैफको मुख्य भूमिका रहेको छ भने अतिथी भूमिकामा अजय देवगन र रणवीर सिंह देखिँदैछन् । कोरोनाका कारण यो चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । कोरोना महामारीले धरासायी बनेको बलिउड इन्डस्ट्रीलाई लयमा फर्काउन यो चलचित्र कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu