‘जिगोलो’लाई दर्शकको साथ | अर्को हप्ता पनि चल्ने संकेत



gigolo-new-poster

यो शुक्रवारदेखी प्रदर्शनमा आएको चलचित्र ‘जिगोलो’ले दर्शकको राम्रो साथ पाएको छ, प्रदर्शनको पाँचौ दिनसम्म आईपुग्दा चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको निर्माण युनिटले जानकारी दिएको छ ।  यहि व्यापारलाई आंकलन गर्दा यो चलचित्र अर्को हप्ता पनि राम्रो व्यापार गर्ने देखिएको छ ।

यो चलचित्रले मुख्यतः पुरुष बेश्याको कथालाई उठाएको छ, यो बिषयमा रहेर नेपालमा कम मात्र चलचित्र बन्ने गरेको भन्दै ‘पुरुष बेश्या’ शिर्षकमा नै जान्न उत्सुकता भएका दर्शकहरु हलसम्म पुगेको पाएको निर्माता तथा नायक प्रभाकर श्रेष्ठले ठुलोपर्दालाई बताए । प्रभाकरसँगै राजु श्रेष्ठले लगानी गरेको यो चलचित्र निर्माता स्वमं प्रभाकर श्रेष्ठ, जिया केसी, राजु श्रेष्ठ मुल पात्रको रुपमा देखिएका छन् ।

यो चलचित्रको नेपालमा प्रदर्शनमा आउनु पहिले नै हङकङ, मलेशिया तथा सिंगापुरमा प्रिमियर गरिसकिएको थियो । निर्माण युनिटले बिदेशमा पाएको दर्शकको माया नेपाली दर्शकबाट पनि पाईरहेको भन्दै यसले आफुहरुलाई थप उत्साहित बनाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu