बन्दैछ ‘कुरवान’ | सविन र प्रज्जवलको सोनियासँग मस्ती



kurbaan

बेद प्रसाद भुर्तेलको निर्देशनमा ‘कुरवान’ नामक नेपाली चलचित्र निर्माण हुने भएको छ । आगामी चैत्र पहिलो हप्ताबाट फ्लोरमा जाने गरी निर्माण घोषणा गरिएको यो चलचित्रले लभ तथा एक्सनलाई समेट्ने छ ।  मद्रासी जस्तो ‘फास्ट एक्शन’मा ‘कुरवान’ बन्ने बताईएको छ ।

इलामबाट छायांकन सुरु हुने यो चलचित्र इलाम, झापा र पोखरामा छायांकन गरिनेछ । चलचित्र ‘कुरवान’मा प्रेम तामाङको लगानी रहने छ भने सोनिया शर्मा, सविन श्रेष्ठ, प्रज्जवल गिरी, कमल कृष्ण लगायतका कलाकारहरुले अभिनय गर्नैछन् ।

मदन कास्यप घिमिरेको क्यामेराले खिच्ने यो चलचित्रलाई निर्देशन गर्न लागेका बेद प्रसाद स्वयंले लेखेका हुन । चलचित्रमा द्वन्द्व निर्देशन चन्द्र पन्तको रहने छ ।

यस अघि केहि भिडियो चलचित्र बनाएका निर्देशक भुर्तेलले ‘सन्जोग’ नामक चलचित्रबाट फिचर फिल्ममा डेब्यू गरेका थिए। उक्त चलचित्रको यतिबेला पोष्टको काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu