स्वस्तिमा भन्छिन्, ‘कलाकारले स्टारडमले होइन, चलचित्र राम्रो भए मात्र चल्छ’



आगामी पुष २ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाइट ३’ को पखाईमा रहेकी अभिनेत्री स्वस्तिमा खड्काले कलाकारको स्टारडमले चलचित्र चल्छ भन्ने नहुने बताएकी छन् । शुक्रवार उक्त चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘चलचित्र चल्यो भने म खत्रा वा ‘चपली हाइट’ चल्यो भने ब्रान्ड खत्रा भन्ने हुँदैन । चलचित्र चल्नका लागि चलचित्र आफैंमा राम्रो हुनुपर्छ ।’

हिट चलचित्रको सिक्वेल भए पनि चलचित्र राम्रो बनेको छैन भने नचल्ने उनको तर्क छ । महामारी सामान्य भएर लकडाउन खुलेपछि ‘चपली हाइट ३’ रिलिज गर्ने रिक्स लिएको बताउँदै उनले चलचित्र राम्रो बनेकाले दर्शकहरुलाई मनपर्ने बताइन् । चलचित्र रिलिजको बेला कलाकारले प्रेसर लिन नहुने पनि उनी बताउँछिन् । आफूले चलचित्र रिलिजको बेला कहिल्यै प्रेसर नलिएको उनको भनाई छ ।

‘कमर्शियल र आर्ट’ दुबै खालका चलचित्रमा जोडदार उपस्थिति जनाइसकेकी स्वस्तिमा खड्का चलचित्रमा आफ्नो एउटै प्रकारको छवि नबनोस् भन्ने चाहन्छिन् । ‘बुलबुल’ हेरेर टेम्पो ड्राइभर वा ‘छक्का पञ्जा’ हेरेर कमेडी भूमिकामा फिट हुने रैछ भन्दा पनि सबै प्रकारका भूमिकामा फिट हुने छवि बनाउन मन छ । एउटा मात्र छवि बनाउँदा कलाकारलाई फाइदा पनि हुँदैन,’ उनले भनिन् ।

निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित चलचित्रमा स्वस्तिमाका अलावा आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu