‘सिटी क्राईम’को ‘फिटकिरी’ आक्रामक प्रचारमा



fitkeree-poster

[dropcap]प्र[/dropcap]दर्शनको मिती नजिकिँदै जाँदा चपली हाईट निर्माता अर्जुनकुमार नयाँ चलचित्र ‘फिटकिरी’लाई आक्रामक प्रचारको तयारीमा छन्। आउदो चैत्र ७ गतेबाट देशव्यापी रिलिजको तयारीमा रहेको यो चलचित्रलाई चलचित्र घरसम्म पुगेर हेर्नुपर्छ भनेर सोच्ने तथा नेपाली चलचित्रलाई माया गर्नै सबैमाझ चिनाउनको लागी मिडिया मार्फतको प्रचार प्रसार देखी देशका बिभिन्न ठाउँहरुमा होर्डिंङ वोर्ड राख्ने तथा पम्पलेट, पोस्टर विरतण गर्ने कार्यमा समेत आफुहरु जुट्न लागेको निर्माता अर्जुन कुमारले बताए ।

‘फिटकिरी’मा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी, लक्ष्मी गिरी, धिरेन्द्र प्रेमर्शीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रले मुख्यतः पछिल्लो समय बढ्दै गईरहेको ‘सिटी क्राईम’को कुरालाई जोडतोडका साथ उठाएको निर्माण टिमले जानकारी दिएको छ । अर्जुनकुमारले नयाँ निर्माता सुमित मैनालीसँग मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रलाई अनुप बरालले निर्देशन गरेका छन् ।

चलचित्रको प्रोमोबाट नै राम्रो चलचित्र बनेको हुन सक्ने अनुमान लगाइएको यो चलचित्रलाई धैरैले प्रदर्शनको मिती पर्खेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu