मार्च १६ मा युएसएमा ‘झोले’ आउँदै



jhole-poster-thuloparda

अनिल यादव। नेपालमा भब्य प्रदर्शन भइरहेको डार्क कमेडी चलचित्र ‘झोले’ अब युएसएमा पनि देखाइने भएको छ । युएसए वितरक ह्वाइट स्नो फिल्मसले अमेरिकाको लेजिंगटन के.वाई.मा यही मार्च १६ तारिख, आइतवारका दिन चलचित्र प्रदर्शन गर्ने भएको हो ।

टेकेन खड्काको निर्माणमा बनेको चलचित्रलाई बहुप्रतिभाशाली निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । सफलतापुर्वक दोश्रो हप्तामा चलिरहेको चलचित्रले १० दिनमा मात्र ९३ लाखको ग्रस आम्दानी गरेको तथ्यांक सार्वजनिक भएको थियो ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की र ए. गुरुङको मुख्य अभिनय रहेको छ । युएसएमा देखाइने शोमा चलचित्र हेर्नका लागी १३ डलर तिुर्नपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu