‘लोफर’को घाउ ‘लज्जा’लु मलमले निको पार्ने बिश्वास



lazza-1

[dropcap]छ[/dropcap]विराज प्रोडक्सनको व्यानरमा नवल नेपालले निर्देशन गरेको नेपाली चलचित्र ‘लज्जा’को अहिले धमाधम पोष्टप्रोडक्सनको काम भईरहेको छ । आगामी श्रावण तथा भदौको छेकोमा प्रदर्शनमा ल्याउने तयारी स्वरुप सम्पादनमा जुटेका निर्देशक नवलले हालसम्म चलचित्रको करिब ७५ प्रतिशत सम्पादनको काम सकिएको ठुलोपर्दा डटकमलाई बताए ।

‘लज्जा’को सम्पादनको क्रममा रहेको ल’ज्जा’को अडियोको काम रेड स्टुडियो महाराजगञ्ज र भिडियोको काम ‘डिसिएन’मा भईरहेको निर्देशक नवलले जानकारी दिए । अबको केहि दिनभित्रमा नै चलचित्र सम्पादनको काम सकिने बताईएको छ । यो चलचित्रलाई छबिराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भुमिकामा छन् ।

chhabi-nawal
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेर धेरैको मन जितेकी शिल्पाको यो ठुलोपर्दाको डेब्यु चलचित्र पनि हो । चलचित्र ‘लज्जा’मा संगीत चेतन सापकोटाको रहेको छ भने द्वन्द निर्देशन चन्द्र पन्तको रहेको छ । यो चलचित्रलाई मदन कास्यप घिमिरेले खिचेका छन् ।

पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र ‘लोफर’ले लगानी सम्म पनि उठाउन नसकेपछी दुखी बनेका निर्माता छवीलाई यो चलचित्रले माथी उठाउने आंकलन गरिएको छ भने आफ्नो निर्देशनमा प्रदर्शनमा आएको पछिल्लो चलचित्र ‘महसुस’ले दर्शकको राम्रै साथ पाएपछी खुसी बनेका निर्देशक नवल नेपालले पनि यो चलचित्रमा समेत सकेसम्मको राम्रो काम गरेको बताउँदै चलचित्र रिलिज पश्चात दर्शकको मनमा बस्नेमा आशावादी रहेको बताएका छन् ।

lazza-2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu