वेब सिरिजको छायांकनका लागि काठमाडौंमा विजय सेतुपति र केके मेनन



आइतवारबाट भारतको ‘फेक’ नामक वेब सिरिजको छायांकन काठमाडौंमा भइरहेको छ । शनिवार कलाकार र प्राविधिकको जम्बो टोली भारतबाट काठमाडौं आएपछि आइतवारबाट सिरिजको छायांकन थालिएको हो । यो सिरिजको काठमाडौंमा बुधवार (भोली) सम्म छायांकन हुने नेपालको सम्पूर्ण व्यवस्थापन हेरेको थ्री ह्विलर्सका अध्यक्ष सुरज आचार्यले जानकारी दिए ।

आइतवार तीनकुने र एयरपोर्टमा वेब सिरिजको छायांकन भएको थियो । सोमवार बसन्तपुरको दरवार स्क्वायर क्षेत्रमा छायांकन भएको आचार्यले बताए । सिरिजमा साउथ सुपरस्टार विजय सेतुपती, बलिउड अभिनेता शाहिद कपूर, बलिउडका अर्का नामी कलाकार केके मेनन लगायतको मुख्य भूमिका रहेको छ । नेपालमा आफ्नो सिन नभएकाले शाहिद काठमाडौं आएका छैनन् ।

विजय सेतुपती र केके मेननले भने तीन दिनदेखि काठमाडौंमा वेब सिरिजको छायांकन गरिरहेका छन् । उनीहरुले एयरपोर्ट र दरवार स्क्वायरमा छायांकन गरिरहेको दृश्य यतिबेला टिकटकमा भाइरल बनेको छ । नेपालमा ‘फेक’ को निर्माण टिमले नेपाली डेढ करोडसम्म खर्च गर्ने थ्री ह्विलर्सका अध्यक्ष सुरज आचार्यको अनुमान छ । यो वेब सिरिजका निर्देशक राज एण्ड डिके हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu