विवाह बन्धनमा बाँधिए कटरीना र विक्की



बलिउडको लभ बर्डस् कटरीना कैफ र विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीवार सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडामा उनीहरुको विवाह भएको हो । बिहीवार साँझ सार्वजनिक भएको बिहेको तस्विरमा कटरीना रातो रंगको लेहंगामा देखिएकी छन् भने विक्कीले सेतो रंगको शेरवानी लगाएका छन् । दुवैले बिहेको तस्विर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

विक्की र कटरीनाले बिहेको तस्विरसँगै क्याप्सनमा लेखेका छन्, ‘हाम्रो दिलमा प्रेम र कृतज्ञता छ, जसले हामीलाई यो पलसम्म ल्याएको हो । तपाईंहरु सबैको प्रेम र आशीर्वादको कामना गर्दै हामी एकसाथ यो नयाँ यात्राको सुरुवात गर्दैछौं ।’ उनीहरुको विवाहमा दुवै पक्षका परिवारका सदस्यसँगै अर्जुन कपूर, कनिका कपूर, करन जौहर, फराह खान लगायत उपस्थित भएका थिए ।

बुधवार बिहान विक्की र कटरीनाको मेहन्दी सेरोमनी भएको थियो भने साँझ संगीत कार्यक्रम राखिएको थियो । संगीत सेरोमनीमा विक्की र कटरीनाले पञ्जाबी र राजस्थानी गीतमा नृत्य गरेका थिए । कटरीनालाई लिनका लागि विक्की जन्तीसहित विन्टेज कारमा चढेर पुगेका थिए । विवाह समारोहलाई ५/७ किसिमका फूलले सजाइएको थियो । केही दिनमै उनीहरुले रिसेप्सन पार्टीको आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu