तोरी लाहुरे गजित भन्छन्, ‘शुक्रवार हाम्रै समाजको ऐना भेटिनेछ’



बेरोजगारको पिडाले समाज अतिरञ्जित हुँदैछ। देशका धेरै युवाले व्यर्थमा जिन्दगी बिताउँदैछन्, बर्बादीको बाटोमा छन्। यो हो हाम्रो समाजको छर्लङ्ग तस्विर तर यहि तस्विरलाई राज्यले ख्याल गरेको छैन। यदाकदा चासो देखिएपनि त्यसले मुर्तरुप लिन नसक्दा बेरोजगार युवाले कि त विदेश हानिनु परेको छ कि त समाजमा नालायक बन्नु परेको छ।

यहि बिषयमा लिएर एउटा चलचित्र बनाउने हिम्मत गरिएको छ, ‘तोरी लाहुरे’। सामजका तोरी लाहुरेहरुको यथार्थ चित्रण गर्दै यो चलचित्र शुक्रवार (२३ फागुन)मा रिलिज हुँदैछ। चलचित्र कस्तो बनाईएको छ त्यो रिलिज पछि थाहा हुन्छ तर उठान गरिएको बिषय भने गौण छ।

gajit-bista-tori-lahure

यसै चलचित्रका नायकमध्येका एक गजित बिष्टले यो चलचित्रलाई सामाजिक अर्थमा ‘समाजकै ऐना’ दावी गरेका छन्। ठुलोपर्दा डटकमसँग कुरा गर्दै बिष्टले भने, ‘यो चलचित्र हाम्रै समाजको ऐना हो। बेरोजगारी बढे पछि युवाहरुले भोग्नुपर्ने अवस्था र त्यसले निम्ताउन सक्ने परिणाम यो चलचित्रमा छ। समाज र चलचित्रमा खासै भिन्नता छैन’।

आफ्नो चलचित्रे भुमिकाबारे प्रष्ट्याउँदै गजित भन्छन्, ‘एउटा युवा जो अलि बदमासी गर्न उद्दत छ। केटि जिस्काउने, रक्सी-चुरोट खाने गर्छ तर पनि उसमा देशप्रतीको विछट्टै माया छ। देशलाई समस्या आउँदा एकजुट हुन पछि पर्दैन। यहि हो मेरो चलचित्र भित्रको भुमिका’।  उनले देशको हरेक व्यक्तिले ‘तोरी लाहुरे’ हेर्नैपर्ने बताए। देशको गम्भिर बिषयलाई अर्थपूर्ण ढंगले प्रस्तुत गरिएकोले यो चलचित्र छुटाउनु नहुने गजितको तर्क छ। सन्देश मात्र नभएर भरपुर मनोरञ्जन पनि पाईने उनले बताए।

tori-lahure audio

एनबि महर्जनको निर्देशनमा यो चलचित्रको कथा कृष्ण आचार्यले लेखेका हुन् । युवाहरुको पीडालाई कमेडी रुपमा झटारो हानिएको यो चलचित्र ‘रिदम एण्ड दिलिप फिल्मस’को ब्यानरमा तयार भएको हो ।

यो चलचित्रमा दिल कुमार तामाङ ‘वाले’ र रोशफि तामाङको लगानी रहेको छ । चलचित्रमा रोहित रुम्बा, गजित बिष्ट, अशिष्मा नकर्मी, सुवास थापा, समुना केसी, लगायतको अभिनय छ । निरज कँडेलले खिचेको ‘तोरी लाहुरे’मा संगित सन्तोष राजको रहेको छ भने सुरेन्द्र पौडेलको सम्पादन र द्धन्द निर्देशन शंकर महर्जनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu