‘ऋतु’लाई बिश्वास गरेको छुः अपिल बिष्ट



apil-bista

बैकुण्ठराज पराजुली। आफुले लगानी गरेक पहिलो चलचित्र ‘दासढुंगा’ दर्शकमाझ खासै परिचित हुन नसकेपछी केहि बर्ष कहिले अष्ट्रेलिया त कहिले मुम्बई बसेर बिताएका निर्माता अपिल बिष्ट शुक्रवार (चैत्र २३) देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऋतु’ले आफुलाई सफल निर्माताको ‘ट्याग’ भिराउनेमा आशावादी छन् ।

त्यसो त ‘दासढुङ्गा’ सफल हुन नसक्दा गुमेको केहि साखलाई पुनः ब्युत्याउन तथा निर्देशनमा समेत डेब्यु गर्ने भन्दै निर्माण घोषणा गरेको नयाँ चलचित्र ‘प्रताप’को काम सुरु गर्दा समेत थप हौसला सहित अघी बढ्नको लागी अपिलको लागी ‘ऋतु’ सफल हुनै पर्ने अवस्था छ । व्यापारिक रुपमा यती कमाउला र उती कमाउला भन्दा पनि दर्शकले आफ्नो चलचित्रलाई मन पराउने या भनौं ‘ऋतु’ हेर्नको लागी हलसम्म पुग्ने कुरा नै महत्वपुर्ण हुने बताउँछन् ।

सबैजसो दृश्यहरु अष्ट्रेलियामा लिईएको यो चलचित्र अष्ट्रेलिया सहित जापान, चीन लगायत युरोपका बिभिन्न देशमा समेत प्रिमियर हुने तयारीमा छ । त्यसैले पनि लगानी उठाउने र नाफा कमाउने कुरामा नेपाली चलचित्र बजार अपिलको लागी त्यति जटिल नहुन पनि सक्छ ।

पछिल्लो समयका लोकप्रिय नायक राजबल्लभ कोईराला, पुर्व मिस नेपाल मलिना जोशी र रिमा बिश्वकर्माको प्रमुख अभिनयमा तयार यो चलचित्रमा सबैजसो कलाकारले आफ्नो मेहनत खर्चिंदै राम्रो गर्ने प्रयास गरेको र चलचित्र पनि उत्कृष्ट बनेको भन्दै अपिल नेपाली दर्शकमाझ चलचित्र लोकप्रिय हुनेमा ढुक्क भएको दाबी गर्छन् । मिस नेपाल बनेपछी चर्चामा आएकी मलिनाको अभिनयले पनि मलिनाका फ्यानहरु तथा उनीप्रति सदभाव र स्नेह राख्नेहरु उनको काम हेर्नको लागी हलसम्म पुगेमा अन्य कुनै नायिका नरोजेर मलिनालाई चलचित्रमा लिएको त्यो फाईदा चलचित्र निर्माण युनिटलाई हुन सक्छ ।

ठुलोपर्दा डटकमसँग कुरा गर्दै अपिल भन्छन्, ‘प्रेममा पर्ने युवा युवतीको कहानी नै ‘ऋतु’ले समेटेको बिषय हो, त्यसैले मुख्यतः युवा वर्ग नै हाम्रो चलचित्रको लक्षित वर्ग हो।’ सबै वर्गको दर्शकलाई समेट्ने भन्दा पनि एक लेभलका दर्शकलाई केन्द्रित गरेर चलचित्र बनाउन रुचाउने अपिलले दासढुङ्गाले एक लेभलको दर्शकलाई ‘मेन्टेन’ गरेको र यो चलचित्र पनि सिधा भन्दा युवापुस्ता केन्द्रित रहेको बताउँछन् ।

धैरै समय मुम्बइमा बसेर चलचित्र अध्ययनमा व्यस्त अपिलले विदेशमा कमाएको पैसा लगानी मात्र गर्न नेपालमा आएर चलचित्र बनाउने भन्ने आरोपलाई खण्डन गर्दै नेपाली परिवेशमा हुर्केको र सानै उमेरदेखी सिनेमामा रुची गएको कारण पनि आफु नेपाली सिनेमाबाट टाढा हुन नसक्ने भएकोले चलचित्र निर्माणमा हात हालेको बताउँछन् । ‘मलाई अहिलेसम्म केहि सिकाएको छ र केहि दिएको छ भनौँ भने सिनेमाले नै दिएको छ त्यसैले यो क्षेत्रबाट हात निकाल्ने भन्ने सोचेको छैन’ दासढुङ्गा निर्माता अपिल भन्छन, ‘अहिलेसम्म पातलिएको सिनेमा मेकिङलाई केहि बढाउँदै अब भने बर्षमा सके दुई नभए कम्तिमा पनि एउटा चलचित्र निर्माणमा लागिरहने छु’ ।

reetu

टिमवर्कको कुरा नै महत्वपुर्ण भएकोले ‘ऋतु’ सफल हुँदा या नहुँदा कलाकारदेखी निर्देशक निर्माता सबै भागेदार बन्नुपर्छ भन्ने सोच राख्ने अपिल आफ्नो ‘प्रोडक्ट’मा ‘कन्फिडेन्स’ रहेको बताउँछन्। ‘पहिलो चलचित्र बनाउँदा कम मान्छे चिनिएको थियो र प्रचार-प्रसारदेखी हरेक कुरामा अप्ठ्यारो महसुस भएको थियो तर अहिले सबैमाझ परिचित भएसँगै प्रचार-प्रसारमा पनि सबैको राम्रो साथ पाएको छु’ अपिल भन्छन, ‘प्रोमो र गीतले दर्शकबाट पाएको प्रतिक्रियाबाट चलचित्र नै सफल भईसक्यो जस्तो महसुस भईरहेको छ’ ।

बिहिवार साँझ यो चलचित्रको प्रिमियर पनि हुँदैछ । उक्त प्रिमियरमा आउने सबैले चलचित्रको नराम्रो पक्षलाई भन्दा पनि राम्रो पक्षको बढी प्रचार गरिदिन आग्रह गर्दै नराम्रो कुरालाई पनि आफुलाई बताएर गल्तीलाई पुनः दोहोरिनबाट जोगाउनलाई पनि सहयोग गरिदिन आग्रह अपिलको छ ।

नेपाली दर्शकलाई कस्तो ‘कन्टेन्ट’को चलचित्र आवश्यक छ भन्ने कुरा राम्रो सँग बुझेकोले सोही छेकोमा चलचित्र ‘ऋतु’ बनेको भन्दै नेपाली चलचित्रलाई माया गर्ने सबैलाई हलसम्म गएर चलचित्र हेर्न तथा राम्रो नराम्रो जस्तो लागेपनी प्रतिक्रिया दिन अपिलले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu