कमब्याकको तयारीमा अनुष्का, हातमा तीन ठूला प्रोजेक्ट



बलिउड अभिनेत्री अनुष्का शर्मा क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएपछि सीमित चलचित्रमा मात्र देखिएकी छन् । आमा भएपछि चलचित्रमा नदेखिएकी उनी अब कमब्याकको तयारीमा छिन् । अहिले उनको हातमा तीनवटा प्रोजेक्ट रहेको इन्डिया टाइम्सले उल्लेख गरेको छ । २०२२ को सुरुवातमा उनले आफू नयाँ प्रोजेक्टमा आबद्ध भएको घोषणा गर्न सक्ने बताइएको छ ।

अनुष्काले साइन गरेका तीन प्रोजेक्टमध्ये दुईवटा थिएट्रिकल र एउटा ओटीटी चलचित्र छन् । उनले अभिनय गर्ने ओटीटी चलचित्र भारतको सबैभन्दा महंगो डिजिटल प्रोजेक्ट हुन सक्ने छ । आफ्नो करिअरमा ‘सञ्जु’, ‘सुई धागा’, ‘पीके’, ‘सुल्तान’, ‘जब तक हें जान’, ‘रब ने बना दी जोडी’ जस्ता केही सुपरहिट चलचित्रमा काम गरेकी उनको नयाँ चलचित्रको घोषणा नहुँदै चर्चा सुरु हुन थालेको छ ।

‘रब ने बना दी जोडी’ बाट अभिनय करिअर सुरु गरेकी अनुष्काले २०१९ मा विराट कोहलीसँग विवाह गरेकी थिइन् । २०२१ मा छोरीलाई जन्म दिएकी उनले यसपछि चलचित्रबाट दूरी बनाएकी थिइन् । छोरी एक वर्षको भएसँगै उनी चलचित्रमा फर्किन लागेकी हुन् । उनको नयाँ चलचित्रलाई लिएर दर्शकमा उत्सुकता बढेको छ । उनी पनि चलचित्रमा फर्किनका लागि उत्साहित देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu