बहुप्रतिक्षित ‘आरआरआर’को प्रदर्शन रोकियो



एसएस राजामौली निर्देशित भारतको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’को रिलिज स्थगित भएको छ । आगामी शुक्रबार रिलिज तय भएको यो चलचित्र कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको कारण रोकिएको हो ।

निर्देशक राजामौलीले सिनेमा हलहरु बन्द हुने अवस्था आएकोले फिल्मको रिलिज सरेको जानकारी दिएका छन् ।

ट्रे़ड एनालिस्ट तरण आदर्शले ट्वीटमार्फत ‘आरआरआर’को रिलिज मिति सरेको जनाएका छन् । अब कुनै उपयुक्त मितिमा फिल्म रिलिज गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu