मिस नेपालको लर्को, बामदेवको धोका | ‘ऋतु’ प्रिमियर



शुक्रवार (२३ फागुन)मा रिलिज भएको नेपाली चलचित्र ‘ऋतु’ ग्राण्ड प्रिमियर भएको छ। रिलिजको पूर्वसन्ध्यामा राजधानीको बिग मुभिजमा विभिन्न क्षेत्रमा व्यक्तित्वहरुको उल्लेख्य सहभागितामा प्रिमियर गरिएको छ।

अमेरिका भएका नायक राजबल्लभ र अष्ट्रेलिया भएका निर्देशक मनोज अधिकारी भने प्रिमियरमा आएनन्। निर्देशक अधिकारीले बिहिबार नै अष्ट्रेलियामा भएको प्रिमियरका कारण उपस्थित भएनन् भने कोईराला हलिउडमा व्यस्त छन्। नायिका तथा मिस नेपाल मलिना जोशी, नायिका रिमा बिश्वकर्मा, निर्माता द्वय अपिल बिष्ट र अशोक गौतम लगाएत चलचित्रका अन्य सदस्यको उपस्थिती थियो। एकैसाथ नेपाल र अष्ट्रेलियामा ‘ऋतु’को प्रिमियर भएको हो।

ritu-aus

प्रिमियर कार्यक्रममा सञ्चारकर्मीसहित राजनीति तथा कला क्षेत्रमा व्यक्तिहरु बिग मुभिज् पुगेका थिए। पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, सदिक्षा श्रेष्ठ लगाएत नेताहरु समेत पुगेका थिए। सो प्रिमियरमा गृहमन्त्री बामदेव गौतमको समेत उपस्थिती रहने जनाईएको थियो तर उनि आएनन्। आउने भनेता पनि नआउने भन्ने बिषयमा आयोजक बेखबर थियो। केहि घण्टाको पर्खाई गौतमले व्यर्थ बनाईदिए।

चोखो प्रेम र मोजमस्ती प्रेमको फ्युजन गरि ‘ऋतु’ बनाईएको छ। अष्ट्रेलियामा रहने नेपाली युवा-युवतीको कथामा ‘ऋतु’ बगेको छ। प्रवासबाट भएको यो प्रयासमा प्रायः दृश्य अष्ट्रेलियाकै छन्। यतिबेला नेपाल लगाएत विभिन्न मुलुकमा ‘ऋतु’ रिलिज भएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu