कमेडी स्वादमा ‘अधकट्टी’ हुने | पत्रकारको परिक्षा



adhkatti

नौ महिना अगाडी नै बनाईने भनिएको नेपाली चलचित्र ‘अधकट्टी’ अब बन्ने भएको छ। विविध आन्तरिक कारणले समयमा काम सुरु नभएको बताउँदै चलचित्र युनिटले शुक्रवार मुहर्त गरेको छ। सो चलचित्र हाँस्यपरक हुने बताईएको छ। सञ्चारकर्मी सुव्रत आचार्यले ‘अधकट्टी’ निर्देशन गर्दैछन्।

सञ्चार संस्था सञ्चालक, हल सञ्चालक तथा वितरक प्रदिप उदयको सो चलचित्रलाई चैतन्य बराल र नरेश पाण्डेले लगानीमा सघाएका छन्। ‘अधकट्टी’मा बेरोजगार युवाको कथा समेटिने छ जसमा वैदेशिक सपनाजस्ता गम्भिर कुराहरुलाई उठाउने बताईएको छ। केहि वास्तविक घटना जुन समाचार बनेका थिए यिनै घटनाक्रम यो चलचित्रको बिषय रहेको निर्देशक आचार्यले बताए। दैनिक देखिने, पढिने र सुनिने घटना काँचको पर्दामा कथाको स्वरुपमा चलचित्रमा उतारिने छ।

चितवन र काठमाडौंमा ‘अधकट्टी’ छायांकन हुनेछ। सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी र जया शर्माको पटकथा तथा संवाद रहेको छ। विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर बिष्ट र नव प्रस्तुतीको रुपमा प्रदीप बाँस्तोलाको मुख्य भूमिका रहने बताईएको छ। नायिका नम्रता श्रेष्ठ र नायक गजित बिष्टको पनि ‘केमियो रोल’ रहनेछ।

रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहने छ । ‘अधकट्टी’मा धेरैजसो सञ्चारकर्मीको सहभागिताले थप चासो बढाएको छ। चलचित्र प्रमूख काम पत्रकारले गरेको हुँदा अरुको फिल्म समिक्षा गर्नेले कमजोरी नगर्नु थप चुनौती छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu