अल्लू अर्जुनलाई सय करोड पारिश्रमिक अफर



चलचित्र ‘पुष्पा’ को सफलतापछि साउथ सुपरस्टार अल्लू अर्जुनलाई आकर्षक पारिश्रमिकसहित ठूला चलचित्रबाट अफर आउन थालेको छ । उनको लोकप्रियतालाई मध्यनजर गर्दै साउथको ठूलो प्रोडक्सन कम्पनी लायकाले पनि चलचित्रको प्रस्ताव गरेको छ ।

उनलाई सय करोड पारिश्रमिकसहित चलचित्र अफर भएको बताइएको छ । लायकाको नयाँ चलचित्रलाई एटलीले निर्देशन गर्नेछन् । उनले ‘थेरी, मेर्सल, बिगिल’ जस्ता ब्लकबस्टर चलचित्रको निर्देशन गरिसकेका छन् । तर, अल्लू अर्जुनले चलचित्रमा काम गर्ने पक्का भइसकेको छैन ।

रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको ‘पुष्पा’ ले बक्सअफिसमा आक्रामक कमाई गर्दै कयौं चलचित्रको रेकर्ड तोडेको छ । हिन्दी भाषामा मात्र चलचित्रले ९० करोडमाथिको कमाई गरेको छ । रक्त चन्दन तस्करीको कथामा बनेको चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu