बैशाख १९ मा नेपालमा वर्ल्ड कप देखाईने



world-cup-1

२०७१ सालको बैशाख १९ गते नेपालमा वर्ल्ड कप हुने भएको छ। फाल्गुन २३ गते देखी अल नेपाल प्रदर्शित चलचित्र ‘ऋतु’ बाट औपचारिक रुपमा नेपाली चलचित्र को बितरण प्रारम्भ गरेको दर्शना आर्ट्सले आगामी बैशाख १९ गते “वर्ल्ड कप इन नेपाल ” नामक नेपाली चलचित्र रिलिज गर्न लागेको हो।

मौलिक नेपाली बिषय बोकेको यो फिल्मले नेपालको एउटा गाउँमा फूटबल खेल्ने किशोरहरुको विश्वकप खेल्ने सपनालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। चलचित्र बिकास बोर्डले “बिशेष चलचित्र ” को रुपमा पुरस्कृत गरेको यो चचलित्रले विदेशका बिभिन्न अवार्डहरुमा समेत राम्रो प्रशंसा बटुलिसकेको छ।

चलचित्रमा गाउँले स्कुले बच्चाहरुको फुटबल खेलेर देशको नाम उच्च बनाउने अकाट्य सपना र त्यस भित्रका पारिवारिक बाधा अड्चन तथा छुवाछुतले समाजमा पुर्याएको नकारात्मक सन्देशको खण्डन जस्ता कुराहरु पाउन सकिन्छ। यो चलचित्रमा अखिल नेपाल फुटबल संघ (एन्फा)का खेलाडी तथा अन्य कलाकारहरुको अभिनय रहेको छ।

जुगल डंगोलको संगीत तथा प्रकाश थापाको प्रस्तुतीमा राम तामाङ् निर्माता रहेको यस चलचित्रका सहनिर्माता बिदुर बिष्ट र सुर्य सिम्खडा हुन्। ‘वर्ल्डकप इन नेपाल’मा सोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, भिम प्रसाद मैनाली, गिरी प्रसाद पुन, गोपाल अर्याल, सुजन तामाङ्, उमेश थापा लगाएत एन्फा अण्डर १९ का खेलाडीहरुको अभिनय रहेको छ। निर्देशक रामशरण पाठक हुन् भने सम्पादक राजु भण्डारी हुन्। मनिष पन्थको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu