हिन्दी, अंग्रेजी र चाइनीज भाषामा रिलीज हुँदै प्रभासको ‘आदिपुरुष’



दक्षिण भारतिय चलचित्रका सुपरस्टार प्रभासको आगामी चलचित्र ‘आदिपुरुष’ छिट्टै रिलीज हुने भएको छ । यस चलचित्रको सम्पूर्ण छायांकन पुरा भईसकेको छ ।

पोस्ट प्रोडक्शनको काम भईरहेको यो चलचित्रमा प्रभासको साथमा कृति सेनन र सैफ अली खान समेतको प्रमूख अभिनय रहेको छ । खबरअनुार यो चलचित्रको एक साथ बीस हजार स्क्रीनहरुमा रिलीजको तयारी भईरहेको छ । यसको बजेट ४५० करोड भारतिय रुपैयाँ रहेको छ । यो चलचित्रको लगानी रिकभरीको लागि एकसाथ ठुलो रिलीज गर्ने तयारी भएको हो ।

यो चलचित्र हिन्दी, अंग्रेजी र चाइनीज भाषामा एकसाथ रिलीजको तयारी भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu