नारी दिवसमा ‘जन्मभूमी’ घोषणा



janmabhumi

‘एस. पी. इन्टरटेनमेन्ट’ को प्रस्तुतीमा नेपाली चलचित्र ‘जन्मभूमी’ निर्माण हुने भएको छ । शनिवार राजधानीमा एक कार्यक्रम गरी यो चलचित्रको शुभ साईत गरियो । चलचित्रलाई अनुभवी निर्देशक मोहन निरौलाले निर्देशन गर्दैछन् । निर्देशक निरौलाकै कथा तथा संवाद रहने यो चलचित्रमा लगानी भने सुरज गीरीको रहने छ भने सह निर्माताको रुपमा सुन्दर पाण्डे आएका छन् ।

नारी प्रधान भनिएको यो चलचित्रको साईत पनि ‘अन्तर्राष्ट्रिय नारी दिवस’को अवसर पारेर शनिवार नै गरिएको हो । चलचित्रले नारी शसक्तिकरणको बारेमा आवाज उठाउने निर्देशक निरौलाले ठुलोपर्दालाई बताए । राष्ट्रलाई नै एक मातृआमाको रुपमा लिएर हरेक नागरिकले मातृभूमी प्रती देखाउनेपर्ने श्रद्धा तथा पुरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्यलाई पनि चलचित्रले जोडतोडका साथ उठाउने निर्देशक निरौलाले जानकारी दिए ।

यो चलचित्र ‘जन्मभूमी’बाट नव नायिका जेबिका कार्कीले नेपाली रजतपटमा डेब्यु गर्दैछिन । आफ्नो पहिलो चलचित्र नै ठुलो व्यानरमा त्यो पनि मोहन निरौलाको निर्देशनमा तयार हुन लागेकोमा खुसी रहेको बताएकी नव-नायिका जेबिकाले आफ्नो बच्चादेखीको सोख आजको दिनमा आएर पुरा भएको भए पनि सोखको लागी मात्र नेपाली रजतपटमा नआएको भन्दै चलचित्र ‘जन्मभूमी’ बाट सुरु भएको आफ्नो यात्रा लामो समय सम्म जारी रहने बताईन् ।

यो चलचित्रमा जेबिकासँगै निश्मा घिमिरे, विनोद श्रेष्ठ, बाल कलाकार सौगात बिष्टसँगै निर्देशक निरौलाको पनि अभिनय रहने छ । आउँदो चैत्र ५ गतेबाट फ्लोरमा जाने ‘जन्मभूमी’मा छायांकार युवराज राईले सिन्धुलीको झागाझोली’ र काठमाडौंका बिभिन्न ठाउँका दृश्यहरु क्यामेरामा कैद गर्नेछन् ।

चलचित्रमा संगित बसन्त सापकोटाको र रमेश खड्काको रहने छ भने द्वन्द्व अष्ट महर्जनको रहने छ । यो चलचित्रलाई सह-निर्देशन अवतार कँडेलले गर्दैछन । यसअघी १२ बर्ष पहिले ‘जन्मभूमी’ नाममा नै मातृप्रेम दर्शाएको नेपाली चलचित्र बनेको थियो, जुन चलचित्रले धैरै नेपाली दर्शकको मन जित्न समेत सफल भएको थियो । पुनः एउटै नाममा तथा एकै किसिमको कथामा तयार हुन लागेको यो चलचित्रलाई भने दर्शकले कुन रुपमा लिनेहुन त्यो भने समयले बताउने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu