नारीका पक्षमा रेखा थापा फेरी उत्रिने | ‘तथास्तु’ घोषणा



rekha-and-shabir

शनिवार देशभर तथा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहँदा यो दिनको छेकोमा नारी प्रधान चलचित्र ‘तथास्तु’को निर्माण घोषणा गरिएको छ । यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गर्ने छन् ।  ‘तथास्तु’ले नारी उत्पीडनको कथा भन्ने छ । निर्देशक श्रेष्ठको कथा तथा जगदिश्वर थापाको पटकथा र संवाद रहने यो चलचित्रले नारीमाथी हुने हरेक प्रकारका हिंसाको बिरोधमा आवाज उठाउने बताईएको छ ।

यो चलचित्रमा नायिका रेखा थापा नारीको बिरुद्धमा समाजमा घट्दै आएका हरेक प्रकारका हिंसाको बिरोधमा शसक्त रुपमा प्रस्तुत हुनेछिन भने नायक किशोर खतिवडा रेखाको ‘अपोजिट क्यारेक्टर’मा देखिनेछन् । ‘तथास्तु’ निर्देशन गर्न लागेका निर्देशक सबिरले यो चलचित्रमा नायिका रेखा थापालाई यसअघीका सबै चलचित्रमा भन्दा फरक गेटअपमा देखाउने दाबी गरे । नारी हिंसाको बिरुद्धमा नारीहरुले एकजुट भएर गर्नुपर्ने कार्यलाई चलचित्रमा रेखाले नेतृत्वदायी भुमिकामा प्रस्तुत गर्ने बताईएको छ ।

चलचित्रमा संगीत बसन्त सापकोटाको रहनेछ भने चलचित्रलाई शिब ढकालले खिच्नेछन् । जोमसोम सहित काठमाडौंका बिभिन्न ठाउँमा खिचिने यो चलचित्रको छायांकन भने कहिलेबाट सुरु हुन्छ टुंगो लागिसकेको छैन । नायिका रेखा थापा आफ्नो चलचित्र ‘हिम्मतवाली’को सुटिङमा मोफसलमा रहेकोले उनी राजधानी फर्केपछी मात्र यो चलचित्र ‘तथास्तु’को सुटिङ सुरु हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu