‘ऋतु’को तीन दिनको सिड्नी कलेक्शन ३३ लाख



manoj-adhikari-ritu

यसै साता विश्वब्यापी रिलिजमा रहेको नेपाली चलचित्र ‘ऋतु’ले नेपाल भन्दा नेपाल बाहिरका मुलुकमा बढि चर्चा पाईरहेको छ। नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज यो चलचित्रले सिड्नीबाट तीन दिनमा ३३ लाख ग्रस कलेक्शन गरेको छ।

सिड्नी रहेका निर्देशक मनोज अधिकारीले ठुलोपर्दा डटकमलाई दिएको जानकारी अनुसार पहिलो दिनमा पहिलो पटक नेपाली सिनेमा गोल्ड क्लासमा देखाइएको थियो भने दोस्रो दिन र तेस्रो दिन भने बिशेष सोहरु गरिएको थियो।

ritu-aus

सबै शोहरु हाउस फुल रहेको निर्देशकको भनाई छ। अधिकारीका अनुसार शनिबार मात्र ७ दर्जन भन्दा बढी दर्शकहरुलाई सिट उपलब्ध गराउन नसक्दा दर्सकहरु फर्किनु परेको थियो। सिड्नीमा ३-४ शो अझै थप्ने तयारी भईरहेको छ। सिड्नी लगायत अष्ट्रेलियाका १८ बिभिन्न शहरहरुमा समेत ‘ऋतु’ रिलिज गरिँदैछ। अष्ट्रेलिया बाहेक अन्य दुई दर्जन मुलुकमा पनि ‘ऋतु’ देखाईने छ।

अष्ट्रेलिया लगत्तै ॠतु जापान, अमेरिका, न्यू जिल्यान्ड, स्पेन, पोर्चुगल लगाएतका देशमा प्रदर्शन हुनेछ। ‘ऋतु’ अष्ट्रेलियामा नै बनाईएको हो। केहि दृश्य भने काठमाण्डौमा पनि छायांकन गरिएको छ।

Ritu Movie Review from Sydney, Day 2:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu