शहिद हुने शंकाले ‘नोवेम्वर रेन’ पोष्टपोण्ड नगर्ने निर्माताको ढिपि



november

चलचित्रका अन्य सदस्यले मिति सार्न जोड दिईरहेका बेला ‘नोवेम्वर रेन’ निर्माता सुवास गिरीले भने नसार्ने ढिपी गरिरहेका छन्। निर्देशक दिनेश राउत, नायक तथा निर्माता आर्यन सिग्देल, वितरक मनोज राठी तथा उज्वल पौडेल फिल्म पोस्ट पोण्ड गर्ने पक्षमा छन् तर गिरीले भने मानिरहेका छैनन्।

गिरीले फिल्म पोष्टपोण्ड गर्न नमानेको कारण भने अरु केहि नभएर चलचित्र फ्ल्प जाने सम्भावना हो। यसअघि मिति सारिएका कुनै पनि चलचित्र ब्युउँतिन नसकेको उदाहरण दिँदै निर्माता गिरीले आफ्नो चलचित्र पनि ‘शहिद’ हुन सक्ने भन्दै पूर्वनिर्धारित मितिमा नै चलाउने पक्षमा अड्डी लिईरहेका छन्। उनले कुनै पनि हालतमा चलचित्र नसार्ने र चैत १ गतेसम्ममा नेपाल आएर प्रचारमा लाग्ने बताएका छन्।

सुवास हाल मलेशियामा छन्। ‘नोवेम्वर रे’ चैत्र १४ मा रिलिज हुँदैछ। नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ अन्य चलचित्रको शुटिङ्मा छन्। आर्यन पनि चैत्र १ गतेसम्म राजधानी आईपुग्ने कार्यक्रम छ। नम्रताको पनि समय व्यबस्थापन गरिने बताईएको छ।

निर्माता गिरीले बताएका छन्, ‘चैत्र १ गते देखी नेपाली चलचित्र उद्योग ‘नोवेम्वर रेन’मय हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu