हलिउडका क्यामेराम्यानले बैशाखमा नेपालीलाई सिकाउने



camera-workshop1

सिनेमाटोग्राफरहरुको लागी लक्षित गरी क्षमता अभिबृद्धीको लागी तथा दक्षता बृद्धिको लागी भन्दै निर्देशक समाजले गर्न लागेको ‘वर्कशप अन डिजिटल फिल्मीङ’ नामक कार्यशाला आगामी चैत्र २७ गतेबाट २०७१ बैशाख १ गतेसम्म हुने भएको छ । हलिउडका दुई बिशिष्ट सिनेमाटोग्राफरले प्रशिक्षण दिने उक्त कार्यशालाको औपचारिक घोषणा गर्दै आईतवार मिती पनि सार्वजनिक गरिएको हो ।

काठमाडौंमा उद्घाटन भई वन्दिपुरमा र पोखरामा सञ्चालन हुने उक्त कार्यशालामा नेपाली चलचित्रका ‘सिनेमाटोग्राफर’हरु तथा सहभागी सबैलाई हलिउडका चर्चित तथा अनुभवी दृश्य निर्देशकहरु द्वय ‘जस्टिन डिलन’ र ‘जेम्स ईभान अगेर्टन’ले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्र ‘डिजिटलाईज’ भईसकेको अवस्थामा समेत डिजिटल प्रविधीको उपयुक्त उपयोग नभईरहेको समयमा यो कुरालाई लक्षित गरेर वर्कशपको आयोजना गर्न लागिएको बताए । पढेर आएका भन्दा पनि धेरै नेपाली सिनेमाटोग्राफर ‘लर्निङ टु डुईङ’ (काम गरेर सिकेर आएका)बाट भन्दै कम ज्ञान भएको हुनाले चलचित्रको दृश्य कैदको दौरानमा बिभिन्न त्रुटी देखिएका लगायतका समस्या समाधानमा यो वर्कशपले महत्वपुर्ण भुमिका खेल्ने डिसीको भनाई थियो ।

नेपाली ‘सिनेमाटोग्राफर’हरुको लागी डिजिटल प्रविधीको ज्ञान बृद्धिको लागी सघाउने हेतुले तथा उनीहरुमा थप स्तरियता तथा दक्षता बृद्धी होस भन्ने उद्देश्यले यो कार्यशाला आयोजना गर्न लागिएको पनि समाजका अध्यक्ष दिनेश डिसिको भनाई छ । त्यस्तै नेपाली चलचित्र क्षेत्रमा सक्षम जनसक्ती उत्पादनमा ध्यान दिँदै यो कार्यशाला गर्न लागेको समाजका उपाध्यक्ष राजु केसीले जानकारी दिए ।

५ दिनसम्म चल्ने यो कार्यशालामा ५० जनाले सहभागिता जनाउने छन्, जसमा सहभागी हुन चाहनेहरुको लागी निर्देशक समाजका सदस्यहरुको लागी ७ हजार तथा अन्यको लागी १० हजार शुल्क लाग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu