अमिताभ बच्चनले लगाए ढाका टोपी



छिमेकी मुलुक भारतका चर्चित अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमवार आफ्नो इन्स्टाग्राममा उनले ढाका टोपी लगाएको एक तस्विर साझेदार गरेका हुन् । उनले तस्विरसँगै क्याप्सनमा ‘केटीको केटीको’ भनेर उल्लेख गरेका छन् । तस्विरमा खुसी मुद्रामा देखिएका उनलाई दुई हात कम्मरमा राखेर नृत्य गर्नका लागि तम्तयार भावभंगीमा देख्न सकिन्छ ।

उनको यो पोस्टमा नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति सम्मान गरेकोमा उनलाई धन्यवाद व्यक्त गरेका छन् । ‘कौन बनेगा करोडपति’ नामक टेलिभिजन शोमा नेपालको इतिहासको बारेमा कयौं पटक प्रश्न सोधेका अमिताभले आफ्नो शिरमा नेपाली ढाका टोपी लगाएको भने सम्भवतः पहिलो पटक हो । उनले कुन उद्देश्यका लागि ढाकाटोपी लगाएका हुन्, त्यो भने खुलेको छैन ।

अमिताभ बच्चन एक पटक नेपाल समेत आएका छन् । उनी अभिनीत चलचित्र ‘महान’को केही प्रतिशत छायांकन नेपालमा भएको थियो । दरबार स्क्वायर क्षेत्रमा छायांकन भएको चलचित्रको ‘प्यार में दिल पें’ गीत अझै पनि चर्चित छ । गत असोजमा नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइँ’को लागि उनी पनि नेपाल आउने चर्चा थियो । तर, स्वास्थ्यका कारण उनी नेपाल आएनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu