भानु प्रताप तयार पारे ‘ग्यांग्स् इन द स्याडो’



bhanu-pratap

समाजमा व्याप्त विकृती सहितका बिभिन्न दुर्व्यसनी र बिसंगतीलाई प्रहार गरेर चलचित्र ‘ग्यांग्स् इन द स्याडो’ निर्माण भएको छ । यो चलचित्र मार्फत मुख्यतः सामाजिक विसंगतीहरुलाई पर्दामा उतार्ने प्रयत्न गरिएको छ ।

भानु प्रतापको निर्देशनमा तयार यो चलचित्र एक्सन प्रधान रहेको नाम बाट नै आंकलन गर्न सकिन्छ । समाजमा बिभिन्न किसिमका घटनाहरु घट्दै गर्दा समेत मौन तथा मुक दर्शक बन्ने प्रहरी प्रशासनको कुरालाई पनि चलचित्रले समेटेको निर्माण युनिटले जानकारी दिएको छ । साथै कसैको हस्ताक्षेप बिना काम गर्न पाउने हो भने प्रहरीहरु पनि आफ्नो जिम्मेवारी पुरा गर्नमा लाग्ने कुरा समेत निर्देशक तथा निर्माता प्रतापले जानकारी दिए ।

‘चे लभर्स पिक्चर्स प्राली’ को व्यानरमा तयार यो चलचित्रमा म्यान्डी बाबु, निशा निरौला, जिपी उप्रेती, पदम बज्राचार्य, सागर गौली, साकीला लगायत कलाकारको अभिनय रहेको छ यो चलचित्रमा संगित किरण माईकल र प्रमोद परियारले भरेका छन भने चलचित्रको सम्पादन प्रज्जवलीत पराजुलीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu