यो साताका दुवै चलचित्रलाई दर्शकको ‘मध्यम’ साथ



यो हप्ताको लागी प्रदर्शनमा आएका दुई चलचित्र ‘ऋतु’ र ‘तोरी लाहुरे’ले दर्शकको मध्यम साथ पाईरहेका छन् । प्रदर्शनको चौथो दिनसम्म आईपुग्दा ‘तोरी लाहुरे’ले माउथ पब्लिसिटीको साथ अलिक बढी पाएको छ भने ‘ऋतु’मा पनि मध्यम दर्शक देखिएका छन् ।

ritu

शुक्रवार सन्तोषजनक मात्रै व्यापार गर्न सकेका यी दुई चलचित्रले शनिवार भने दर्शकको राम्रो साथ पाए, शनिवार राजधानीको अष्टनारायण, गोपीकृष्ण, गुण, ऊँम सहित मोफसलमा पोखरा सहितका बिभिन्न ठाउँका हलमा पनि हाउसफुल भएको निर्माण युनिटले जानकारी दिएको छ । चलचित्रले आईतवार र सोमवार पनि दर्शकको राम्रो साथ पाईरहेको निर्माण युनिटले बताएको छ ।

त्यस्तै नेपालमा भन्दा राम्रो कलेक्सन अष्टरेलियामा गरिरहेको ‘ऋतु’ले पनि दर्शकको राम्रो साथ पायो भने पछिल्ला दुइ दिनमा पनि दर्शकको साथ पाईरहेको बताईएको छ । ‘ऋतु’ मुख्यतः प्रेम कहानीमा बनेको चलचित्र रहेकोले पनि युवा दर्शकलाई मात्र यो चलचित्रले तान्न सक्छ भने ‘तोरी लाहुरे’ युवा बेरोजगारको कथा बोलेको कमेडीबेसको चलचित्र हो ।

tori-lahure
चलचित्र ‘ऋतु’मा राजबल्लभ कोईराला, मलिना जोशी र रिमा बिश्वकर्मा लिड रोलमा छन भने ‘तोरी लाहुरे’मा गजित बिष्ट, रोहित रुम्बा, अशिष्मा नकर्मी, सुबास थापा मुख्य पात्रको रुपमा छन ।  बढि रुपमा माउथ पब्लिसिटीको आशामा रहेको दुवै चलचित्रको निर्माण युनिट दोस्रो हप्ताबाट चलचित्रमा दर्शकको साथ बढ्दै जानेमा आशावादी छ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu