सुटिङ स्पटबाटै ‘ताण्डव’को ओभरसिज राईट बिक्री



tandav-poster

नेपाली चलचित्र ‘ताण्डव’को सुटिङ स्पटबाटै ‘ओभरसिज राईट’ बिक्री भएको छ । मोहन डोटेल निर्माता रहेको यो चलचित्रलाई फ्लोरमा रहेको समयमा नै गैरआवासिय नेपाली निमा सेर्पाले ‘जापान राईट’ खरिद गरेकी छिन । सेर्पाले यो चलचित्रलाई बितरण र प्रदर्शनको लागी नेपाली ४ लाखमा किनेकी हुन ।

निर्माता डोटेलले आफ्नो चलचित्र ‘ताण्डव’लाई सेर्पाले सुटिङ स्पटबाट नै जापानको लागी खरिद गरेको जानकारी दिए । साथै डोटेलले सुटिङको दौरान नै चिनेमाको राईट बेच्न पाएकोमा खुसी व्यक्त गर्दै यो कुराले आफुमा चलचित्र निर्माण प्रती हौसला थपिएको बताए ।

स्म्यासिङ एप्पलको व्यानरमा तयार हुँदै गरेको यो चलचित्रलाई बेलायती निर्देशक मुर्रे केरले एक्सन कट गरिरहेका छ । भारत सँग जोडिएका सीमावर्ती तराईका जिल्लाहरुमा छायांकन चलिरहेको यो चलचित्रमा नम्रता श्रेष्ठ, अनुप बराल साथमा र्या पर लाउरे प्रमुख भुमिकामा अभिनय गर्दैछन ।

बिभिन्न देशमा छरिएर रहेका नेपालीमाझ नेपालीपना लोकप्रिय हुँदै जाँदा पछिल्लो समय नेपाली चलचित्रको बिदेशी बजार पनि फराकिलो भईरहेको अवस्थामा फ्लोर मै रहेको समयमा चलचित्र खरिद हुनु समग्र नेपाली चलचित्र उद्योगको लागी सुखद पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu