‘द कश्मीर फाइल्स’ले कमायो २ सय करोड



बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले प्रदर्शनको दुई हप्ता पनि पूरा नगर्दै घरेलु बक्सअफिसमा २ सय करोडको कमाई गरेको छ । पहिलो हप्तामै सय करोड कमाएको चलचित्रले प्रदर्शनको १२औं दिनमा २ सय करोडको आँकडा छोएको हो ।

दोस्रो हप्ताको शुक्रवार १९ करोड १५ लाख, शनिवार २४ करोड ८० लाख, आइतवार २९ करोड २० लाख, सोमवार १२ करोड ४० लाख, मंगलवार १० करोड २५ लाख र बुधवार १० करोड ३ लाखको व्यापार गर्दै चलचित्रले १२औं दिनमा २ सय करोडको कमाई गरेको हो ।

‘सूर्यवंशी’को लाइफटाइम कलेक्सनलाई समेत पछि पार्दै ‘द कश्मीर फाइल्स’ सर्वाधिक कमाउने चलचित्र बनेको छ । विवेक अग्निहोत्रीको निर्देशनमा तयार भएको चलचित्रमा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी लगायतका कलाकारको अभिनय छ ।

२५ करोडमा निर्माण भएको चलचित्रले ६ सय स्क्रिनबाट प्रदर्शन थालनी गरेको थियो । बलियो माउथ पब्लिसिटीले चलचित्रको कमाई आक्रामक हुन थालेपछि पहिलो हप्तामा नै ४ हजार स्क्रिन थपिएको थियो । चलचित्रले पहिलो दिन ३ करोड ५५ लाखको औसत कमाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu