संगीतकार लम्साललाई लाग्यो हरेक दिन प्रेम दिवस !



ajhai-pani-song-record

[dropcap]सो[/dropcap]मवार निर्देशकबाट निर्माता बनेका सुदर्शन थापाको नयाँ चलचित्र ‘अझै पनि’को गीत रेकर्डिङ्ग भएको छ। ‘रित्तो मेरो जीवनमा’ बोलको गीतलाई संगीतकार हरि लम्साल आँफैले गाएका छन्। अरुकै स्वरमा रेकर्डिङ्ग गर्ने भनिएतापनि चलचित्रको पात्रसँग लम्सालकै स्वर मिल्न गएकोले आँफैले गाएका हुन्।

‘रित्तो मेरो जीवनमा जब भयो तिम्रो प्रवेश
तिमी भित्रै हराउन म पनि त भएँ विवश
यस्तो लाग्छ आज भोली जब सुन्छु तिम्रो बोली
हर दिन हो कि प्रेम दिवस !’

यो गीतलाई संजिव थापाले रचना गरेका हुन् भने संगीतमा सचिन सिंहले लम्साललाई साथ दिएका छन्। यसअघि लम्सालले  ‘मोस्ट वान्टेड’ नामक चलचित्रमा गीत गाएका थिए। उनले संगीत भने झण्डै एक दर्जन चलचित्रमा दिएका छन्। हरी लम्साल, सचिन सिंह, महेश खड्का र राजनराज सिवाकोटीको संगीत रहने ‘अझै पनि’मा पाँचवटा गीत राखिने बताईएको छ।

यसअघि प्रेमकथाका चलचित्रमा सफलता पाएका निर्देशक आलोक नेम्वाङ्ले ’अझै पनि’लाई निर्देशन गर्दैछन् । लगानीमा सुदर्शनलाई फेसन डिजाईनर पुनम गौतमले साथ दिँदैछिन्। यो चलचित्र ‘अ सुदर्शन थापा प्रोडक्सन’ को ब्यानरमा तयार हुनेछ । चलचलित्रको कथा रामशरण पाठकले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu