पाँच बर्ष पछि अमेरिकाबाट आयो योजनाको भिडियो



ठूलोपर्दा डटकम, काठमाण्डौ।
गायिका योजना पुरी नयाँ एल्बमको तयारीमा जुटेका बेला उनको पाँच बर्ष अगाडी गीतको म्युजिक भिडियो तयार भएको छ। ‘समय छ छोटो’ बोलको उक्त गीतको भिडियो अमेरिकामा बनेको हो। अमेरिकामा बस्ने नेपालीहरु मिलेर सञ्चालन गरेको ड्रिम्स इन्टरटेन्टमेन्ट म्युजिक कम्पनिले उक्त भिडियो तयार पारेको हो।

उक्त म्युजिक भिडियोमा अमेरिकामा बसोबास गरीरहेका ऋदम उप्रेती र उर्मिला राईले अभिनय गरेका छन्। सकरात्मक सन्देश बोकेको यो गीतमा शब्द र संगीत सन्देश परियारको रहेको छ। यो गीत योजनाको पहिलो एल्बम ‘न्यू वे’मा समावेश छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu