कुस्ति खेल्दा-खेल्दै निर्देशक बनिन् रेखा थापा



[dropcap]ना[/dropcap]यिका रेखा थापा पनि निर्देशक बनेकी छिन्। नायिका पछि निर्मात्री हुँदै हाल छायांकनरत आफ्नै चलचित्र ‘हिम्मतवाली’को निर्देशक बनेकी छिन्। त्यसो भए निर्देशक भनिएका श्याम भट्टराई कता गए त ? के भट्टराईले निर्देशनको जिम्मेवारी छोडेर फर्किए ? माथीका दुई वाक्यांश पढेपछि तपाईँले यस्तै प्रश्न सोच्नुभयो होला।

rekha-thapa-director-1

चलचित्रको निर्देशन गरिरहेका श्याम भट्टराई बिरामी परेपछि रेखा आफैले अस्थायी रुपमा निर्देशनको पाटो सम्हालेकी हुन्। निर्देशक बिरामी हुँदाको पिडा हुँदा-हुँदै पनि यसबाट रेखालाई केहि नयाँ सिक्नको लागि ठुलै मौका मिलेको छ। बिरामी परेपछि भट्टराई यसै साता सुटिङ्ग स्पट महेन्द्रनगरबाट काठमाण्डौं फर्किसकेका छन्। महेन्द्रनगरको पिप्लाडीमा चलचित्रको सुटिङ्ग गर्दागर्दै श्याम बिरामी परेका थिए।

rekha-thapa-director-2

महेन्द्रनगरको प्रारम्भिक उपचारले बीसको उन्नाईस नभएपछि उनि काठमाण्डौ आएका हुन्। उनलाई टाईफाईड भएको छ। यस्तो रोगलाई पर्याप्त आराम चाहिन्छ। काम गर्दगर्दै मनमुटाब भएर सुटिङ्ग छाडेको हल्ला चलेपछि भट्टराईले त्यो हल्ला गलत भएको र आफु बिरामी परेर आएको स्पष्ट पारेका छन्।

shyam-bhattrai

परिआउँदा रेखाले जे पनि गर्न सक्छे भन्ने कुरालाई प्रमाणित गर्न पनि आफैले निर्देशनको मोर्चा सम्हालेको बताउँतै महेन्द्रनगरबाट रेखाले निर्देशक भट्टराईको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्। अहिलेसम्म हिम्मतवालीको पैतिस प्रतिशत सुटिङ्ग मात्र सकिएको छ। बाँकी रहेको काममा निर्देशनको जिम्मा सबै रेखा आँफैले लिएकी हुन्।

rekha-thapa-director-3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu