राजेश हमाल र कोमल ओलीको जोडी जम्ला कि नजम्ला ?



rajesh-hamal-&-Komal-Oliश्यामसुन्दर गिरी, काठमाण्डौ। ‘देशको मेरुदण्ड युवा, दिक्कलाग्दो राजनीति र नेपाली चलचित्र’ यि तीन एक आपसमा परिपुरक छन् । युवा वर्तमान राजनीतिको अवस्थाले चिन्तित छन् । युवा मात्र नभएर अहिले नेपालका सवै जनता राजनितीको ‘र’ पनि उच्चारण गर्न चाहदैनन् । तर यही कुरालाई आत्मसाथ गरेर बस्ने हो भने राजनीति बीना डेग चल्दैन् ।

प्रसंग दुई हस्तीको हो । एउटी रेडियो नेपालकी समाचार वाचिका, सञ्चारकर्मी, गायिका जे भने पनि चिन्ने नाम उही हो कोमल ओली अर्का हुन् नेपाली चलचित्रमा दुई दशक पार गरिसकेका नायक राजेश हमाल । नायक हमालका थुप्रै जोडीहरु त चलचित्रमा धेरैले हेरिसक्नु भएको छ तर अहिलेको जोडी भने नयाँ छिन् । सधैंको तीजमा पोइल जान पाम-पाम भन्ने कोमल ओली यसपाली भने अली खुशी देखिएकी छिन् । उनले वास्तविक जीवनमा नभए पनि पर्दामा भने जोडी बनाएकी छिन् । अतिथी कलाकारकै रुपमा भए पनि कोमल राजेश हमालको जोडीका रुपमा देखिएकी छिन् ।

देशमा भइेरहेको राजनैतीक खिचातानी, अराजक, घुस, लगायत विकास निर्माणका काम हुन नसकेको अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको चलचित्र राजनीतिमा हमालसँग ओली देखिएकी छिन् । निर्देशक बसन्त निरौलाले निर्देशित राजनीतिको मुख्य हिरो राजेश हमाल रहेका छन् । भने कोमल ओली अतिथी कलाकारमा छिन् ।

शुक्रवार रिलिज यो चलचित्र कविता श्रेष्ठ निर्मित चलचित्र ‘ढुवानी’सँग प्रतिस्पर्धा गरिरहेको छ । ढुवानीलाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन् । दर्शकले राजनिती भन्दा ढुवानी मन पराएका छन् । ढुवानी चेलीबेटी बेचविखनको विषयमा बनेको फिल्म हो भने यो चलचित्रको मुख्य भुमिकामा नायक किशोर खतिवडा र खलनायक धिरज थापाको अलावा अन्य नयाँ कलाकारले अभिनय गरेका छन् ।

चलचित्र प्रदर्शन भईरहँदा यी दुई फिल्मका निर्माता मध्ये बसन्तले राजेश र कोमल भएको प्रचार गरिरहेका छन् भने पिताम्बरले पुरै नयाँ टिमले राम्रो गरेको दावी गरेका छन् । दुई चलचित्र देशभर रिलिज भए पनि दुई हप्ता अगाडी रिलिज भएको होस्टेलको होल्डओवरको कारण मोफसलका केही हलहरुमा भने प्रदर्शनमा आउन सकेका छैनन् । यो रफ्तारमा राजेश-कोमलको टाउको बिक्छ कि चेलीबेटीको त्यो भने अझै हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu