निरहुआ र आम्रपालीले गरे नेपालमा हिन्दू परम्पराअनुसार बिहे



भोजपुरी सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ र अभिनेत्री आम्रपाली दुबेले नेपालमा हिन्दू परम्पराअनुसार विवाह गरेका छन् । केही दिनदेखि काठमाडौंमा छायांकन भइरहेको भोजपुरी चलचित्र ‘निरहुआ बनल् करोडपति’का लागि उनीहरुले विवाह गरेका हुन् । बिहीवार काठमाडौंको जोरपाटीमा हिन्दू परम्पराअनुसार मण्डप खडा गरेर विवाहको दृश्य खिचिएको हो ।

निरहुआ र आम्रपालीले सामाजिक सञ्जालमा दुलाहा-दुहलीको भेषभुषामा खिचेका तस्विरहरु शेयर गरेका छन् । टिपिकल नेपाली दुलही बनेकी आम्रपालीको साथमा निरहुआले दुलाहाको पहिरन र शिरमा ढाका टोपी लगाएको एक तस्विर इन्स्टाग्राममा शेयर गर्दै ‘नेपाली शादी’ भनेर लेखेका छन् । त्यस्तै, आम्रपालीले पहिलो पटक रिलमा नेपाली विवाह गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

आम्रपालीले नेपाली दुलहीको भेषमा निरहुआसँग एक म्यूजिकल भिडियो पनि बनाएकी छन् । उक्त भिडियो इन्स्टामा पोस्ट गर्दै उनले नेपालीमा ‘राम्रो छ ?’ भनेर सोधेकी छन् । भिडियोमा आम्रपाली रातो रंगको बेहुली सारी, रातो पोते, सयपत्रि माला र दुबो माला लगाएर देखिएकी छन् । काठमाडौं आसपासमा सम्पूर्ण छायांकन हुने चलचित्रलाई मनोज नारायणले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu